Monday, December 10, 2012

कृषिको लागतको पनि बिमा

२६ मंसिर, काठमाण्डौं । किसानले कृषि लागतको बिमा गराउन पाउने भएका छन् । पुस महिनादेखि कृषिमा लाग्ने लागतको बिमा गराउन पाउने भएका हुन् ।
बिमा समितिले पुसबाट लागू हुने गरी कृषि बिमा नीति पारित गर्ने गृहकार्य गरिरहेको छ । यो कृषि बिमा नीतिको तयारी अन्तिम चरणमा पुगेको जानकारी समितिका अधिकारीले दिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । केही दिनभित्रै नीति पारित गरेर कृषि विकास मन्त्रालयमा पठाउने तयारी भएको छ ।
कृषिमा लाग्ने खर्चको बिमा गराउन लागिएको हो, बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालले भने, ‘पहिलो पटक खर्चको बिमा गराउने र थप गृहकार्यपछि बालीको समेत बिमा गराउने नीति बनाउँछौं ।’ पशुपालन तथा अन्य कृषिको खेती गर्दा लाग्ने पैसाको बिमा गराउन लागिएको हो । यो कार्यक्रममा दुधका लागि गाईभैंसी खरिद गर्दा तिर्नुपरेको पैसाको बिमा गराउने र पछि त्यस्ता गाइभैंसीले दुध नदिए वा कम दिए खर्च भएको रकमको बिमा दाबी गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।

साभार : onlinekhabar.com


No comments:

Post a Comment