Monday, December 10, 2012

अनार व्यावसायिकरण अभियनमा नेपाल अनार संघ

काठमाडौं , १८ साउन
अनार खेतीलाई व्यवसायिकीकरण गर्दै गाउँ–गाउँसम्म पु¥याएर नेपाललाई अनारको उत्पादनमा आत्मनिर्भर बनाउने नेपाल अनार संघले घोषणा गरेको छ । नेपाल जस्तो कृषि प्रधान देशमा विदेशी अनारमा नेपाली उपभोक्ताहरु निर्भर हुनुपरेको अवस्था लज्जास्पद भएको भन्दै संघले अनारखेतीलाई अभियानको रुपमा लगि स्वदेशकै अनारबाट आत्मनिर्भर बनाएर नेपाललाई अनार खेतीको देशको रुपमा परिचत गराउने घोषणा गरेको हो । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले अनार खेतीका लागि राज्यले स्पष्ट नीति बनाई १० देखि ५० लाखसम्म र्निब्याजी ऋण उपलब्ध  गराए आगामी १० वर्षभित्र आत्मनिर्भर बनाई छिमेकी देश लगायत युरोपसम्म अनारको बजार विस्तार गर्न विस्तृत अध्यायन गरेर निकास समेत गर्न सक्ने दावी गर्यो । नेपाल अनार संघका अध्यक्ष हिरालाल आचार्यले आफू नेपाललाई अनार खेतीको देशको रुपमा परिचित गराउने अभियानमा लागेको बताउँदै सरकारले सहयोग गरे यो लक्ष्य पुरा गर्न धेरै समय नलाग्ने दावी गर्नुभयो । सरकारले अनार खेती गर्ने किसानहरुलाई तीन वर्षसम्म कृषि विकास बैक मार्फत र्निव्याजी सहुलियत ऋण उपलब्ध गराए यो लक्ष्य पुरा हुने उहांले बताउनु भयो । अनार संघका महासचिब प्रदीप घिमिरेले अनार खेतीसंगै साहयक बालिका रुपमा तरकारी खेती मसलाजन्य वनस्पती खेती पनि गर्न सकिने भएकोले यसबाट किसानहरुले दोहोरो आम्दामी गर्न सक्ने बताउनु भयो । आफुले पनि अनार खेति बिस्तारका लागी बिभिन्न पहल गरीरहेको बताउदै उहांले झापा र इलाम संगै तनहुमा अनार खेतिको योजना बनाईरहेको बताउनु भयो । हाल नेपालको रामेछापा, दोलखा, सिन्धुपाल्चोक,इलाम, कास्कि, झापा र धादिङमा अनारको व्यावसायिक खेती सुरु गरिएको छ । नेपालमा अहिले विशेष गरी भारत ,पाकिस्तान अफगानिस्तान र खाडी मुलुकबाट अनार आयात हुने गरेको छ ।
साभार : हरेकपल डटकम बाट

No comments:

Post a Comment