Monday, December 10, 2012

व्यावसायिक अनार खेती

दोलखा , श्रावण ६ –
अनार खेतीलाई व्यावसायिक उत्पादन गर्न दक्षिणी गाउँ घ्याङसुकाठोरका कृषकले चार हजार बिरुवा रोपेका छन् ।

रोपेको दुई वर्षमै फल लाग्ने र महँगो मूल्यमा बिक्ने भएकाले गाविसका तीन वडामा समूह बनाई व्यावसायिक खेती थालिएको हो । अनार गाउँ घोषणा गरी खेती सुरु गरेपछि १, २ र ३ नम्बर वडाका इच्छुक परिवारले २५ भन्दा माथि बिरुवा रोपेका छन् । अनार बाजे नामले चिनिने हीरालाल आचार्यको प्राविधिक सहयोगमा उनैसँग बिरुवा खरिद गरेर खेती लगाइएको किसानहरू बताउँछन् । अनार खरिद गर्न जिल्ला भूसंरक्षण कार्यालय र गाविसको कार्यालयबाट सहयोग भएको समूह अध्यक्ष शिवप्रसाद भण्डारीले बताए । रामेछापका हीरालालले भारतबाट बिरुवा ल्याई गुणस्तरयुक्त अनार उत्पादन गरेपछि सरकारले यो जातको अनारको नामै गणेश हीरा राखेको हो ।

अर्गानिक प्रविधिमा उत्पादन गरिने अनारको बिक्री सजिलै हुने भएकाले यसबाट किसानलाई लाभ हुने विश्वास जिल्ला भूसंरक्षण प्रमुख शेरबहादुर श्रेष्ठको छ । अन्य बालीभन्दा अनार खेतीले कृषकको आयआर्जन वृद्धि हुने भएकाले भूसंरक्षणका तर्फबाट सहयोग गरेको उनले जनाए ।

 

कान्तिपुर: २०६७ श्रावण ७ ०८:०६

No comments:

Post a Comment