Monday, December 10, 2012

अनारको माग बढ्दो तर सबै आपूर्ति भारतबाट

प्राय सबै किसिमका बिरामी तथा स्वस्थ रहन सबैभन्दा धेरै प्रयोग गरिने र दैनिक प्रचलनमा सबैभन्दा महङ्गो फलफूल हो अनार । तर नेपाली बजारमा यसको माग बढ्दो भए पनि आपूर्ति भने भारतबाट हुँदै आएको छ । विश्व सन्देश न्यूयोर्कका सम्वाददाताले तयार पारेको रिपोर्ट ।
उपयुक्त मौसम भएपनि नेपालमा अनारको व्यवसायीक खेति हुन सकेको छैन । बजारमा आउने अनार सतप्रतिशत भारतबाट आउने गरेको छ । अहिले नेपालमा बार्षिक २ सय ८० मेट्रिक टन अनार भारतबाट आउने गरेको छ । जुन बजारको सतप्रतिशत माग हो । तर सरकारी तथ्याङ्कले भने एक सय ४५ हेक्टरमा खेति हुने गरेको देखाएको छ । एक सय ४५ हेक्टरमा खेति गरिए पनि बजारमा त्यसको उत्पादन आउन सकेको छैन । यसको अनुसन्धान हुन नसकेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद पौडेलले बताए । बार्षिक रुपमा विदेशीने पैसाका विषयमा सरकारले कम चासो दिएका कारण अनुसन्धान हुन नसकेको उनी बताउ“छन् । वैज्ञानिक पौडेलले सरकारले प्रविधि तथा अनुसन्धान भएमा नेपाल छिट्टैनै अनारमा आत्मनिर्भर बन्न सक्ने तर्क गर्छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले अनुसन्धानका लागि कुनै पहल भने गरेको छैन । बजारको अवस्था हेर्दा अहिले अनार किलोको एक सय २० देखि झण्डै दूई सय रुपैयाँमा बिक्रि भैरहेको छ । यसको एक गिलास जुस १ सय रुपैयाँ भन्दा महंगो पर्छ ।
पछिल्लो पटक हेर्दा नेपालमा यसको व्यवसायीक खेति भएको देखिँदैन तर दोलखामा यसको व्यावसायिक खेतिको पहल भएको छ । अनारलाई व्यावसायीकरण गर्ने उद्देश्यले दोलखाको भिमेश्वर नगरपालिका ६ किराँतीछापमा अहिले अनारका बिरुवा रोपिएको छ । कृषिलाई आधुनिकिकरण गर्दै विविधिकरण गर्नका लागि जिल्ला भूसंरक्षण कार्यालयको पहलमा दुई वर्षदेखि त्यहाँ अनारको बिरुवा रोप्न थालिएको हो । दोलखाका विभिन्न ठाउँमा झण्डै ६ हजार बिरुवा रोपिएको छ । नेपालमा अहिले भारतसंगै अफगानिस्तान र ब्राजिलबाट पनि अनार आयात हुन थालेको छ । नीजि क्षेत्रबाट लगानी गर्ने हो भने नेपाल आउँदो पा“च बर्ष भित्रमा अनारमा आत्मनिर्भर हुन सक्ने विज्ञहरुले बताएका छन् । सरकारले घा“सपातमा जति लगानी अनारमा मात्रै गर्ने हो भने पनि नेपालको हावापानीमा अनार खेति निकै सफल हुनेछ । त्यसका लागि नीजि क्षेत्रको पहल, अग्रसरता र लगानी समेत आवश्यक छ ।

कमालको अनार

अनारलाई संस्कृतमा दाडिम, नेपाली र हिन्दीमा अनार, बंगालीमा बेदाना भनिन्छ भने यसको वैज्ञानिक नाम प्यूनिका ग्रेनेटम हो । यसका भित्र सयौं राता रंग भएका र रसिला दाना हुन्छन । अनार ३ सय वर्ष पुरानो फल हो ।
पछिल्लो अध्ययन अनुसार अनारमा एन्टी भाईरल, एन्टी अक्सिड र एन्टी ट्यूमरको गुण पाईन्छ । भिटामिनका लागि पनि यो निकै ठूलो स्रोत हो । अनारमा भिटामिन ए, सी र ई भरपुर मात्रामा पाईन्छ । १ सय ग्राम अनार खा“दा हाम्रो शरिरलाई झण्डै ६५ क्यालोरी मिल्छ । यसको विया“बाट निस्किएको तेल औद्योगिक क्षेत्रमा प्रयोग गरिन्छ । उच्च रक्तचापलाई घटाउन, सुन्निएको बसाल्न, बाथरोगी तथा हातजोर्नी समस्या भएकालाई दुःखाई कम गर्न यसले निकै महत्व राख्दछ । बुढौलीपन रोक्न, महिला तथा पुरुषमा हुने बा“झोपन रोक्न, छालाको समस्या कम गर्न यसले सहयोग मिल्ने विज्ञहरुले बताउँछन् । त्यस्तै अनार हृदय रोग लागेकाहरुलाई यो बरदाननै सावित भएको छ । पाचनकृया, मधुमेह, एनिमिया, क्यान्सर लगायतका झण्डै एक सय रोगीका लागि निकै महत्वपूर्ण फलफुल हो । यसको बोक्रा आयुर्वेदिय औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।
पहिले पहिले घरेलु औषधी बनाउन प्रयोग गरिने अनार अजकाल हाम्रो प्रयोगमा पनि बिस्तारै कमी आउन थालेको छ । यसको खाने तरिका केरा, सुन्तला, अंगुर तथा अम्बा जस्तो सजिलो छैन । बोक्रा उप्काउनु पर्ने, दाना दाना केलाउनु पर्ने, हातमा लागेको अनारको रस निकै दिनसम्म हातमा रहिरहने हुनाले पनि निकै झण्जटिलो मानिन्छ । अनार खासगरी नेपाल, भारत, पाकिस्तान बंगलादेश लगायत दक्षिण पूर्वि एशियामा प्रसस्त मात्रामा पाईन्छ । पछिल्लो समय यसलाई यूरोप तथा अमेरिकी मुलकले पनि व्यवसायिक उत्पादन शुरु गरेका छन् । नेपालको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म यसको सम्भावना छ । खासगरी तराई तथा पहाडी क्षेत्रमा यसको खेति गर्न सकिन्छ । पहाडका फा“ट तथा बे“सीहरु र तराईको गर्मी मौसममा यसको खेति गर्न सकिन्छ । कृषि वैज्ञानिकहरुका अनुसार नेपालको मध्य पहाडी क्षेत्रदेखि तराईका फा“टसम्म अनारको खेति गर्न सकिन्छ ।
साभार : UnitingNepal.Com

No comments:

Post a Comment