Monday, December 10, 2012

विषालु च्याउ कसरी पत्ता लगाउने ?

वर्षैपिच्छे जंगली च्याउ खानाले विभिन्न जिल्लामा मानव मृत्युको खबर आउने गरेको पाइन्छ । २०६२ साउनमा पनि विषालु च्याउ खाएर पाल्पामा १२ जनाको मृत्यु भएको थियो भने केही उपचारमा थिए । एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । २०६६ सालको वर्षामा पनि पाल्पा, गुल्मी, संखुवासभा र रुकुम लगायत जिल्लामा च्याउ खानाले केही मान्छेको मृत्यु भएको थियो ।  वर्षा महिनामा प्राकृतिक रुपमै खेत,
बारी र जंगलमा विभिन्न जातका च्याउ उमि्रन्छन् । च्याउ पौष्टिक र स्वादमा मीठो हुने हुँदा परंपरागत रुपमै च्याउ खाने गरिन्छ । कुनै काँचै खाइन्छ भने कुनै तरकारी पकाएर खाइन्छ । मानव मृत्युको घटनापछि त्यतिबेला पाल्पा बजारमा च्याउ बिक्री गर्न मनाही गरिएको थियो । २०६७ जेठमा मकवानपुरमा ८ जनाको मृत्यु भयो भने संखुवासभामा २ जनाको मृत्यु भएको खबर आएको थियो । २०६९ असार २ गते मकवानपुरमा विषालु च्याउको तरकारी खानाले चेपाङ जातिका एकै परिवारका ४ जनाको मृत्यु भएको खबर आएको छ । वर्षा भर्खर सुरु भएको र भदौ-असोजसम्म नै च्याउ पाइने भएकाले अझै मृत्युको सम्भावना छ ।
च्याउको तरकारी साह्रै स्वादिलो हुने तथा प्राकृतिक रुपमा निःशुल्क उपलब्ध हुने हुनाले तरकारीको रुपमा सर्वसाधारणले प्रयोग गर्छन् । कुन विषालु हो र कुन विषालु होइन भन्ने पत्ता लगाउन नसकेर नै विषालु च्याउको तरकारी खानाले मान्छे मर्ने गर्छन् । हिमाली भेगमा पाइने गुच्ची च्याउ जडिबुटीको रुपमा प्रयोग हुन्छ । सुकाएको एक किलोको ५ हजार रुपैयाँभन्दा बढी पर्छ । अधिकांश यस्तो च्याउ भारत निकासी हुन्छ । कन्दमूल, गिट्ठा, भ्याकुर खाने चलन त परम्परागत रुपमा छँदैछ । वषर्ायाममा तरकारीको अभाव तथा प्रकृतिमा निःशुल्क पाइने स्वादिलो च्याउ खोजेर खाने आम प्रचलन नै रहेको छ । कुन च्याउ विषालु र कुन च्याउ खान हुने हो भन्ने सम्बन्धमा वैज्ञानिक आधार केही नभए तापनि ग्रामीण भेगमा परम्परागत चलनअनुसार केही जातका च्याउलाई विषालु मानेर प्रयोग गरिंदैन । विषालु च्याउ खाइसकेपछि गाउँ क्षेत्रमा उपचार हुने सम्भावना कम हुन्छ । त्यसैले विषालु च्याउ खानु अनिवार्य रुपमा मृत्युलाई निम्त्याउनु हो ।
च्याउ विषालु हो-होइन भनी पत्ता लगाउन गाह्रो हुन्छ । परम्परागत रुपमा खाँदै आएको र चिनेको जातको च्याउ विषालु हुँदैन । तर पनि विषालु च्याउको संसर्गले खान हुने अन्य जातका च्याउ पनि विषालु भइसकेको हुनसक्छ, सड्न थालेपछि पनि विषालु हुनजान्छ । च्याउमा  कीरा परेको रहेछ भने विषालु रहेनछ भनी जान्नुपर्छ । विषालु च्याउमा कीरा बाँच्न सक्दैन । च्याउको विष मर्छ भनेर टिम्बुर हालेर पकाउने चलन पनि छ । तर टिम्बुरले पूरै विष मार्न सक्दैन । कुनै च्याउ विषालु हो-होइन भनी च्याउको तरकारी पकाइसकेपछि सजिलै पत्ता लगाउन सकिन्छ । परम्परागत तरिकाअनुसार च्याउ विषालु हो/होइन भनी परीक्षण गर्न सजिलो छ । कुनै रासायनिक पदार्थको आवश्यकता पनि पर्दैन । त्यो तरिका के हो भने पकाइसकेको च्याउको तरकारीमा चाँदीको सफा चम्चा वा चाँदीकै सिक्का डुबाउने । च्याउ विषालु हो भने चाँदीको चम्चा वा सिक्काको रङ एकदम गाढा कालो हुन्छ । चाँदीमा रङ परिवर्तन भएर कालो भएन र सेतै अवस्थामा रह्यो भने जाने हुन्छ, त्यो च्याउ विषालु होइन । विषालु पदार्थमा चाँदीको संसर्ग भएमा रङ बदलिएर कालो हुन्छ । कीटनाशक विषमा चाँदी डुबाएर हेरे पनि थाहा हुन्छ कि विषको संसर्गले चाँदी कालो हुन्छ । यो परम्परागत तरिका मैले आपmनै घरमा बाजे, बाबु-आमाले गरेर देखेको हुँ । साथै घरमा बारी र वनको जंगली च्याउ पकाउँदा अद्यापि यही तरिका अपनाइन्छ । च्याउको तिहुन पकाइसकेपछि यही तरिकाले परीक्षण गरेमा विषालु भए-नभएको सजिलै पत्ता लाग्ने थियो ।
 कान्तिपुर : २०६९ असार ७ ११:०७

No comments:

Post a Comment